राष्ट्रियसभा निर्वाचनमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने कांग्रेसको निर्णय


काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरेर जाने निर्णय गरेको छ ।

मंगलबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको कार्यसम्पादन समितिको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा छलफल भएको थियो ।

बैठकले आगामी माघ ११ गते आइतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहकार्य र तालमेलको नीति अपनाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा महामन्त्री गगनकुमार थापा तथा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आ–आफ्ना धारणा राखेका थिए ।
यता नेकपा एमालेले पनि निर्वाचनमा तालमेल गर्ने र आफ्नो तर्फबाट सात सीटको दाबी गर्ने निर्णय गरिसकेको छ ।