विराटनगर । कोशी प्रदेशमा मन्त्रिपरिषद पुनर्गठन भएको छ । मंगलबार मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद पुनर्गठन गर्दै नयाँ अनुहार ल्याएका छन् । भौतिक पूर्वाधारमन्त्रीमा प्रदीप कुमार सुनुवार, पर्यटनमन्त्रीमा भीम पराजुली, खानेपानीमन्त्रीमा तिलचन पाठक, आन्तरिक मामिलामन्त्रीमा इन्द्रमणि पराजुली, आर्थिक मामिलामन्त्रीमा विदुर कुमार लिंथेप, सामाजिक विकास मन्त्रीमा रामप्रसाद महतो, स्वास्थ्यमन्त्रीमा मानबहादुर लिम्बु नियुक्त हुँदा उद्योगमन्त्रीमा इस्राइल मन्सुरी तथा आन्तरिक मामिला राज्यमन्त्रीमा उमाकान्त गौतम र भौतिक पूर्वाधार राज्यमन्त्रीमा शोभा चेम्जोङ नियुक्त भएका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले उनीहरुलाई शपथ खुवाएका छन् ।


प्रतिक्रिया