काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले र कांग्रेस नजिकिँदै गएपछि निर्वाचन सार्ने षड्यन्त्र हुन लागेको बताएका छन् ।
मंगलबार पार्टी सचिवालय बैठकमा अध्यक्ष ओलीले सरकार र केही विदेशी शक्तिहरू निर्वाचन सार्ने षड्यन्त्रमा लागेका बताएका हुन् ।
उनले नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको भन्दै वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको बताए । उनले पार्टीले आन्दोलनलाई जुझारु र सशक्त ढङ्गले अघि बढाउनुपर्ने बताए । अध्यक्ष ओलीले रवि लामिछाने र बालेन साहबीचको एकतातर्फ संकेत गर्दै उनीहरु वैदेशिक शक्तिको दलाली भएको बताए ।
उनले भने, ‘विकासको नाममा एनजीओ आईएनजीओको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध रुपमा बदनाम गर्ने षड्यन्त्रका साथ विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गरिएको देखिन्छ।’
उनले गत भदौ २३ र २४ गते भएका घटनालाई महान उपलब्धि भनेर दाबी गर्नेहरुले त्यसको जिम्मेवारी लिनुपर्ने बताए । बैठकमा अध्यक्ष ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरू माथि धम्की दिने, संसद पुनस्र्थापना हुन नदिने कार्यमा दबाब दिने काम गरिरहेको आरोप पनि लगाएका छन् ।

प्रतिक्रिया