उपेन्द्र यादवसँग पराजित नेकपाका नेता उमेश यादव उपेन्द्रकै पार्टीमा प्रवेश


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता उमेशप्रसाद यादव जसपा नेपालमा प्रवेश गरेका छन् । जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा यादवलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलबार पार्टीमा स्वागत गरेका छन् ।

उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । त्यतिबेला प्रचण्ड नेतृत्वको सरकारमा उनी सिंचाइ मन्त्री समेत बनेका थिए । २०७४ को निर्वाचनमा भने उनी सप्तरी ३ बाट उपेन्द्र यादवसँग पराजित भएका थिए ।