काठमाडौं । नेपाली कांग्रेसका पाँच प्रदेश सभापतिले नियमित महाधिवेशन र फागुन २१ को निर्वाचनको तयारीमा लाग्न आह्वान गरेका छन् ।
कोशीका प्रदेश सभापति उद्धव थापा, मधेश प्रदेशका कृष्णप्रसाद यादव, बागमतीका इन्द्र बानियाँ, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले विशेष महाधिवेशनको औचित्य नभएको बताएका हुन् ।
मंसिर १५ मा नियमित महाधिवेशनको मिति आएसँगै विशेष महाधिवेशनको प्रस्ताव निष्क्रिय भएको भन्दै वैशाखका लागि तोकिएको नियमित महाधिवेशन र फागुन २१ को निर्वाचन तयारीमा लाग्न आह्वान गरेका हुन् ।
उनीहरूले पुस २६–२८ का लागि तोकिएको नियमित महाधिवेशन सदस्यता नवीकरण र वितरण गरी केन्द्रीय समिति हुँदै निर्वाचन समितिलाई हस्तान्तरण गर्न नसक्दा महाधिवेशनको मिति सार्नुपर्ने अवस्था आएको बताएका छन् ।


प्रतिक्रिया