काठमाडौँ-५ बाट एमालेमा ईश्वर पोखरेलको एकल नाम सिफारिस


काठमाडौँ । नेकपा एमालेबाट काठमाडौं निर्वाचन क्षेत्र ५ मा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ ।

आइतबार बसेको एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको हो । काठमाडौं ५ बाट नेता पोखरेलले निर्वाचन लड्दै आएका छन् ।

उनको गृह क्षेत्र पनि हो । २०७९ को निर्वाचनमा पोखरेल काँग्रेस नेता प्रदीप पौडेलसँग पराजित भएका थिए ।