काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
आयोगले ७७ जना न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ८८ जना न्याय सेवाका राजपत्राकिंत द्वितिय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले माघ २ गतेदेखि आफू खटिएको निर्वाचन क्षेत्रभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन कार्यक्रमहरु संचालन गर्ने आयोगले जनाएको छ ।








प्रतिक्रिया