मानव अधिकार आयोगले लियो ओलीसँग बयान


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बयान लिएको छ । आयोगले गत भदौ २३ र २४ गते भएको घटनाका सम्बन्धमा तत्कालीन प्रधानमन्त्री ओलीसँग आइतबार बयान लिएको हो ।

जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका छन् । त्यस्तै अर्बौंको भौतिक सम्पत्ति क्षति भएको छ ।

सरकारले भदौ २३ गते बल प्रयोग गरी विद्यार्थीमाथि गोली चलाएपछि २४ गते आन्दोलन भड्किएको थियो । आयोगले घटनाकाबारेमा यसअघि विभिन्न व्यक्तिसँग बयान लिएको थियो ।