ओलीको नाम झापा–५ बाट एकल सिफारिस


झापा । झापा क्षेत्र नम्बर– ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत रुपमा एकल नाम सिफारिस भएको छ ।

शनिबार बसेको नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ को बैठकले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ ओलीको एकल नाम सिफारिस भएको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिएका छन् ।

यसअघि २०७९ र २०७४को निर्वाचनमा ओली यही क्षेत्रबाट उम्मेदवार बन्दै विजयी भएका थिए ।