पूर्वराष्ट्रपति भण्डारीद्वारा आगजनीले क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा आगजनी भएको सर्वोच्च अदालतको भवन अवलोकन गरेकी छन् ।

शुक्रबार सर्वोच्च परिसर पुगेर भण्डारीले अदालतको भवनको क्षतिको अवलोकन गरेकी हुन् । उनलाई अवलोकनका क्रममा क्षतिको विवरण र पुनर्निर्माणको अवस्थबारे कर्मचारी र न्यायाधीशहरूले जानकारी गराएका थिए । त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारी र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतबीच भेटवार्तासमेत भएको छ ।

भण्डारीले यसअघि आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबारको पनि अवलोकन गरेकी थिइन् ।