काठमाडौँ । नेकपा एमालेका नेता एवम् रूपन्देही–५ बाट प्रतिनिधिसभाका निवर्तमान सांसद बासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका छन् ।
मंगलबार राति सामाजिक सञ्जालमार्फत आबद्ध पार्टीको जिम्मेवारीमा नरहेको घोषणा गरेका हुन् । उनले पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएको भन्दै आजको दिन देखि आफू संलग्न रहेको पार्टीको जिम्मेवारीदेखि अलग रहेको घोषणा गरेका हुन् ।
उनले भनेका छन्, ‘अहिले आमजनताको चाहना सुशासन, विकास, सम्वृद्वीका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो । देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो । देश प्रतिको अविचलित निष्ठा ,सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य शर्त हो । पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिन देखि म संलग्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु । आजसम्म यहाँ आइपुग्दा अवसर र जिम्मेवारी दिनुहुने सवै प्रति हार्दिक आभार व्यक्त गर्दछु । सुशासन, विकास, रोजगारीका साथ मुलुकलाई सम्वृद्वीको यात्रामा अघि वढाउने अभियानमा ईमान र निष्ठाका साथ सदैव यहाँहरु सवैसंग संगसंगै रहने छु । जय देश !!!

प्रतिक्रिया