कांग्रेसले निर्वाचन आयोगमा बुझायो समानुपातिकतर्फको बन्दसूची


काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा समानुपातिकतर्फको बन्दसूची बल्ल बुझाएको छ । सोमबार सूची बुझाउने अम्तिम समय भएपछि सोमबारदेखि निस्सा लिएको कांग्रेसले मंगलबार मध्यान्ह बन्दसूची निर्वाचन आयोगमा बुझाएको हो ।

हिजो राति नै सूची बुझाउन गएका नेता मीन विश्वकर्मा र मुख्य सचिव कृष्णप्रसाद पौडेल फाइलमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएपछि आयोगबाट फर्किर देउवा निवास गएका थिए ।

यसपटक कांग्रेसले २०६४ देखिका समानुपातिक सांसदहरूलाई बन्दसूचीमा नराखेको जनाएको छ । सूचीमा खस आर्यबाट अर्जुननरसिंह केसी, आदिवासी जनजातिबाट भीष्मराज आङदेम्बे पहिलो नम्बरमा छन् ।