काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकले उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयान दिएका छन् । सोमबार उनले आयोगमा पुगेर लिखित बयान दिएका हुन् ।
उनले भदौ २२ गते सुरक्षा समितिको बैठक राखेर ’कुनै हताहती नहोस्’ भन्दै संयमता अपनाउन निर्देशन दिएको तर जेनजी आन्दोलनकारीको भेषमा आएका लोकतन्त्र विरोधी तत्त्वले ‘जेनजी’ को शान्तिपूर्ण प्रदर्शनलाई ‘हाइज्याक’ गरेको जिकिर गरेका छन् । लेखकले गृहमन्त्रीले नीतिगत निर्देशन मात्र दिने र अपरेसनल कमान्ड सुरक्षा अधिकारीकै हातमा हुने भन्दै गोली चलाउने वा बल प्रयोग गर्ने आदेश आफूले नदिएको स्पष्ट पारेका छन् ।
उनको लिखित बयानमा भनिएको छ, ‘सुरक्षा निकायलाई त्यस दिन मैले गृहमन्त्रीको हैसियतले प्रस्ट रूपमा दुई तीन कुरा भनेको थिएँ । पहिलो, कुनै हताहती (क्याजल्टी) नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस्, यसबारेमा सचेत रहनुहोला, सावधानी अपनाउनुहोला । दोस्रो, समन्वयात्मक रूपमा शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाउनुहोला । तेस्रो, यो कुनै राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्वविहीन हुनसक्छ । प्रदर्शनमा घुसपैठ पनि हुनसक्छ, सतर्कता अपनाउनुहोला । मैले बैठकमा दिएको निर्देशनको सार यति मात्रै हो ।’







प्रतिक्रिया