रवि र बालेनको एकतापछि पार्टी एकीकरणको लहर, उपेन्द्र र रेणु यादवबीच एकता


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीका सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहितसँग पार्टी एकीकरण भएको छ ।

पार्टी एकीकरणसम्बन्धी सम्झौतामा जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव र जसपाकी सहअध्यक्ष रेणु यादवले हस्ताक्षर गरेका छन् । यसअघि आइतबार जसपा र लोसपाबीच पार्टी एकीकरण गर्ने सहमति भएको थियो । रवि र बालेनबीच सहमति भएपछि दलहरुमा एकता गर्ने लहर नै चलेको छ ।