जाँचबुझ आयोगमा सुदन गुरुङले दिए बयान


काठमाडौँ । हामी नेपाल संस्थाका संयोजक एवं जेनजी अगुवा सुदन गुरुङ जाँचबुझ आयोग पुगेर बयान दिएका छन् । उनले आइतबार आयोगमा गएर बयान दिएका हुन् ।

उनले संस्थाको आर्थिक कारोबारको सम्पूर्ण कागजात लगेर आयोगमा बयान दिएको जानकारी गराएका छन् । उनले छानबिनमार्फत सत्य उजागर हुनेसमेत बताएका छन् ।

उनले भनेका छन्, ‘आज मिति २०८२/०९/१३ गते, हामी नेपालसँग आवद्ध भएका आर्थिक कारोबार सम्बन्धी हाल सम्मका सम्पूर्ण कागजातको ढड्डासहित छानबिन आयोगमा उपस्थित भएको छु । हामी माथि लगाइएको आरोपको सत्यतथ्य प्रमाण सहित स्पष्ट पार्ने प्रक्रियामा स्वयं अगाडि बढेको छु । सत्य कहिल्यै डराउँदैन। छानबिन मार्फत सत्य उजागर हुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु। आरोप होइन, प्रमाण बोल्नुपर्छ र आज मैले प्रमाण प्रस्तुत गरेका छु।’