उपेन्द्र र महन्थबीच पार्टी एकीकरण गर्ने सहमति


काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)बीच एकीककरण गर्ने सहमति भएको छ । आइतबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच पार्टी एकीककरण गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

दुवै पार्टीका पदाधिकारीहरुको काठमाडौँमा बसेको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, समाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी एकीककरण गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।