काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने तयारीमा जुटिसकेको बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग शुक्रबार आफ्नै निवासमा भएको भेटमा सभापति देउवाले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको बताएका हन् ।
साथै सभापति देउवाले स्वतन्त्र एवं निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिएको राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले जानकारी दिए ।
केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्री सुशीला कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल भएको थियो । त्यसपछि सरकारले निर्वाचनका विषयमा छलफल गर्न संचारमन्त्रीलाई प्रमुख दलका शीर्ष नेताहरुकोमा पठाएको हो ।

प्रतिक्रिया