काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच एकता हुने भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकीकरण गर्ने स
मझदारीमा बुधबार हस्ताक्षर गरेका छन् । पार्टी एकताको घोषणा भने यही पुस १६ गते राष्ट्रिय सभागृहमा हुने जनाइएको छ । पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए ।




प्रतिक्रिया