तीन जना महासेनानीको सरूवादेखि ओलम्पियन केसीलाई २५ लाख दिनेलगायतका यस्ता छन् मन्त्रिपरिषदका १८ निर्णय


काठमाडौं । सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले सन् १९७३ मा फिलिपिन्सको मनिलामा आयोजना भएको पहिलो एसियाली एथलेटिक्स च्याम्पियनसिपमा कास्य पदक हासिल गरी नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व म्याराथुन धावक एवं ओलम्पियन जीतबहादुर केसीलाई सम्मान स्वरूप नगद २५ लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाली सेनाका तीन जना महासेनानीहरूको सरूवा गर्ने, एक जना सहायक रथीको पदावधि थप गर्ने र एक जना सहायक रथीको उपरथीमा विशेष बढुवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने बैठकले निर्णय गरेको छ । बैठकले १० जिल्ला (ईलाम, कास्की, चितवन, झापा, तेह्रथुम, नवलपरासी (वर्दघाट सुस्ता पूर्व), नवलपरासी (वर्दघाट सुस्ता पश्चिम), पर्वत, मोरङ र सुनसरी) का ९४, ५२७ गरिब परिवारको । सूची स्वीकृत गर्ने निर्णय गरेको छ ।