गृह मन्त्रालयद्वारा बर्दियामा नागरिकता नपाएर युवतीले आत्महत्या गरेको भनिएको घटना छानबिन गर्न समिति गठन


काठमाडौं । गृह मन्त्रायलले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई यसबारे शनिबार प्रधानमन्त्रीले घटनाको यथार्थ छानबिन गर्न निर्देशन दिएकी थिइन् । आइतबार सचिवस्तरीय निर्णय गर्दै, सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानबिन समिति गठन गरिएको हो ।

समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रूपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समितिलाई निर्देशन दिइएको छ ।