काठमाडौं । बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा नयाँ/वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच छलफल सुरु भएको छ ।
बिहीबार भट्टराईको मध्यस्थतामा जेन्जी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठन सहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणका छलफल भएको हो ।
छलफलमा प्रगतिशील अभियानका संयोजक जनार्दन शर्मा, सुदन किराँती, रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, कुलमान घिसिङको उज्यालो नेपाल अभियानका तर्फबाट गणेश घिसिङ, नेसपा नयाँ शक्तिकी दुर्गा सोब, मानुषी भट्टराई, विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटालगायत सहभागी थिए । छलपल वैकल्पिक राजनीतिक ध्रुवीकरणको प्रारम्भिक चरण भएको बताइएको छ ।





प्रतिक्रिया