काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका नौ दल बीच आज एकता हुँदैछ । भृकुटीमण्डपमा जारी नेपाली कम्युनिस्ट पार्टी एकता राष्ट्रिय सम्मेलनमा माओवादीसँग समाहित दल तथा समूहका नेताहरू बोलिररहेका छन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको हो । सम्मेलनमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि सहभागी भएका छन् ।
माओवादीसँगको एकताप्रति असन्तुष्ट जनाउँदै आएका खनाल अन्तिम समयमा आएर सम्मेलनमा सहभागी भएका छन् । तर, नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल, रामकुमारी झाँक्रीलगायतका नेताहरू भने माओवादीसँगको एकता प्रक्रियाबाट बाहिरिएका छन् ।












प्रतिक्रिया