कार्यवाहक सभापति खड्काले भने-महाधिवेशनसम्बन्धी सहमहामन्त्री यादवको प्रस्ताव व्यक्तिगत हो


काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवले मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा राखेको महाधिवेशन कार्यतालिका व्यक्तिगत भएको बताएका छन् ।

मंगलबारको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ सम्म महाधिवेशन गर्ने कार्यतालिमा प्रस्तुत गरेपछि यादवले संस्थापन पक्षको तर्फबाट वैशाखमा महाधिवेशन गर्न कार्यतालिका प्रस्तुत गरेका थिए ।

बुधबारको बैठकमा कार्यवाहक सभापति खड्काले यादवको कार्यतालिका व्यक्तिगत भएको बताएका हुन् । खड्काले भने,‘उहाँको कार्यतालिका व्यक्तिगत हो ।’

महाधिवेशनको विषयलाई लिएर कांग्रेसमा विवाद छ । संस्थापन पक्ष निर्वाचनपछि र इतरपक्ष निर्वाचन अघि महाधिवेशन गर्ने पक्षमा छ ।