काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र फेरि पनि केपी शर्मा ओलीको प्रभाव देखिन थालेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा घिमिरेले अहिले केही नेताहरू एमाले अध्यक्ष ओलीको नजिक पुगेको र त्यसका बारेमा बोल्नेहरुलाई पार्टीबाटै निकाल्ने धम्की दिइने अवस्था आएको बताएका हुन् ।
उनले भने, ‘अहिले केपी ओलीजीको बारेमा बोल्नेलाई पार्टीबाट नै निकाल्दिन्छु भनिरहनु भएको छ । मैले भन्नैपर्छ, ओलीको वरिपरि फेरि नेपाली कांग्रेसको एउटा खेमा घुमिरहेको छ अहिले पनि ।’
उनले निर्वाचनपछि मात्र वैशाखमा महाधिवेशन गर्ने भन्नु हास्यास्पद भएको बताए । उनले भने, ‘काँही नभएको जात्रा नेपाली कांग्रेसभित्र भएको छ ।
पार्टीमा सहमतिबाट महामन्त्रीले ल्याउने चलन छ भने अहिले सहमहामन्त्रीले ल्याइदिनुभएको छ । घरमुली भएर उहाँहरू झगडा गर्ने ?’ उनले पार्टी नेताहरुलाई सुझबुझका साथ अघि बढ्न आग्रह गरे ।

प्रतिक्रिया