काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले पुस १६ देखि १९ सम्म महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । मंगलबार पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले पुस १६ देखि १९ पुससम्म १५औँ महाधिवेशनको प्रस्ताव राखेका हुन् ।
महामन्त्री थापाले केन्द्रीय समितिले निर्णय नगरेमा विशेष महाधिवेशनमा जानुपर्ने बाध्यात्मक स्थिति रहेको बताए । जेनजी आन्दोलनपछिको विकसित परिस्थितिमा गत असोज २८ गतेदेखि सुरु भएको बैठक बीच पटक पटक बस्दै स्थगित हुँदै आएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएर सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन् ।
महाधिवेशनलाई लिएर कांग्रेसमा किचलो बढ्दै गएको छ । संस्थापन पक्ष फागुन २१ को निर्वाचनपछि महाधिवेशन गर्न चाहन्छ भने इतरपक्ष निर्वाचन अघि नै महाधिवेशन गर्न चाहन्छ ।

प्रतिक्रिया