काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले महाधिवेशनको विषयमा उत्पन्न विवादलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।
मंगलबार सामाजिक संजालमार्पत भण्डारीले देश संवेदनशील अवस्थामा रहेकोले पार्टीले जिम्मेवार र परिपक्क निर्णय गर्न आवश्यक गरेको बताएका हुन् ।
उनले भनेका छन्, ‘कांग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन मिल्दैन । एकातिर, कांग्रेसको सबैभन्दा शक्तिशाली निकायले बहुमतको हस्ताक्षरसहित महाधिवेशन गर्नुपर्ने प्रस्ताव पार्टीमा बुझाइसकेको छ । जबकी, अधिवेशन नियमित प्रक्रिया हो । साथै, पार्टीको जीवन्तता ।’
उनले एमालेलेसमेत महाधिवेशनको तयारी गरेकोले कांग्रेसले ‘महाधिवेशन गर्न सकिँदैन’ भन्न नमिल्ने बताएका छन् ।
उनले भनेका छन्, ‘तत्कालिन सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारीमा छ। तसर्थ, कांग्रेसले राष्ट्यि मुद्दाको नेतृत्व गर्न अग्रसरता पनि नदेखाउन र आफ्नो अधिवेशन पनि गर्न सकिदैन भन्न मिल्दैन । बजारमा तर्क र विचार बिक्छ, तर विक्दैन –सकिदैन भन्ने मात्र तर्क ।’

प्रतिक्रिया