काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्दैछ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकले नेकपा एकीकृत समाजवादीसहित ९ दलबीच भएको एकता सहमति अनुमोदन गर्नेछ ।
पछिल्लो सचिवालय बैठकले निर्णय गरेका एजेन्डा र ९ दलबीच भएको सहमति अनुमोदन गरेर बैठक सकिनेछ । नौ दलबीच पार्टी एकता घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी छ ।

प्रतिक्रिया