कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, दुबै पक्षले महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो ।

बैठकमा संस्थापन र इतर दुवै पक्षले महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने तयारी गरेका छन् । महाधिवेशनका विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस मसान्त र संस्थापन पक्षका तर्फबाट वैशाखमा महाधिवेशन गर्ने अडान कायम राखेका छन् ।

महामन्त्री थापाले बैठकमा पुस मसान्तका लागि महाधिवेशन प्रस्ताव गर्ने तयारी गरेका छन् भने । संस्थापन पक्षले वैशाखमा महाधिवेशन प्रस्ताव गर्ने तयारी गरेको छ ।