प्रधानमन्त्रीद्वारा संघीय संसदका दुबै सदनका प्रमुख र पदाधिकारीसँग छलफल


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सभामुख र अध्यक्षसँग बालुवाटारमा भेट गरेकी छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

भेटका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे बालुवाटर पुगेका थिए ।