माओवादीसहित आठ दलबीच पार्टी एकता गर्ने १८ बुँदे सहमति


काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित आठ दलबीच पार्टी एकता गर्ने सहमति भएको छ । आइतबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको बैठकमा १८ बुँदे सहमति भएको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता भएको नेताहरुले बताएका छन् ।

यही आवश्यकतालाई ध्यानमा राखेर नेकपा माओवादी केन्द्र, ने.क.पा. (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा(माओवादी समाजवादी) र नेकपा (साम्यवादी) का बीचमा पार्टी एकता र कम्युनिष्ट एकीकरणको प्रकृया अगाडी बढाउनका लागि १८ बुँदामा सहमति गरिएको हो । आगामी १९ गते यी पार्टीहरूबिच एकता घोषणा गरिनेछ ।