हर्क साम्पाङले निर्वाचन आयोगबाट पाए दल दर्ताको प्रमाणपत्र


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार साम्पाङलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयरमा विजयी साम्पाङले आफ्नो अध्यक्षतामा श्रम संस्कृति पार्टी गठन गरी दर्ताका लागि गत असोज १२ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए । दलको चुनाव चिह्न माटो राखिएको छ ।