सम्हालिनुहोस् बालेनजी !


-माजिद अन्सारी ।

बालेन्द्र साहजी, तपाईं वैकल्पिक नेपाली राजनीतिको एउटा आशालाग्दो अनुहार हुनुहुन्थ्यो, शायद अहिले पनि केही हदसम्म आशा बाँकी नै छ । तपाईं सम्हालिनुहोस्, संयमित हुनुहोस् । तपाईं भोलि नेपाल हाक्न सक्ने सम्भावना बोकेको, पपुलिजमको शशक्त प्रतिनिधि हुनुहुन्छ । भोलि प्रधानमन्त्री नै भएको खण्डमा तपाईंको आजका केही अभिव्यक्तिले भोलि देशको कूटनीतिमा गम्भीर असर पार्न सक्छ ।

तपाईंलाई रवीन्द्र मिश्रजी लगायतले जस्तो वैकल्पिक राजनीतिलाई तुहाउने छुट छैन । संयमित हुनुहोस् । मिडिया र प्रश्न सुन्ने र जवाफ दिने आँट राख्नुहोस् । फेसबुकले देश चल्दैन । देश चलाउन Dutch Courage हैन, Political Will and Political Culture चाहिन्छ । तपाईं आशालाग्दो हुनुहुन्छ, लाखौं नेपालीले आशा गरेको अनुहार हो तपाईं । तपाईंलाई त्यो आशा तुहाउने छुट छैन । सम्हालिनु होस् ।

भोलि गएर तपाईंले प्रधानमन्त्री भएको खण्डमा लागूऔषध, धूम्रपान र मद्यपान स्वास्थ्यको लागि हानिकारक छ भनेर जनतालाई भन्नुपर्नेछ । भोलिको नैतिक धरातल आजैदेखि तयार गर्नुहोस् ।