काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँगको एकता भाँड्न घरफर्क अभियान सुरु गरेको आरोप लगाएको छ ।
दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकको शनिबार धारणा सार्वजनिक गर्दै उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले ओलीको उद्घोषले पार्टी एकतामामा कुनै असर नपर्ने बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो यस ऐतिहासिक निर्णयबाट अत्तालिएर केपी ओलीले घरफर्क भन्ने भ्रमजाल फ्याकेका हुन् । हाम्रो बीचको एकता प्रक्रियालाई भाँड्ने उनको यो दुष्प्रयास मात्रै हो । यसबाट कोही पनि भ्रमित नहुनु र सिङ्गो पार्टी पङ्तिलाई केन्द्रीय कमिटीको निर्णयको पक्षमा दृढतापूर्वक उभिन हार्दिक आह्वान गर्दछ ।’
बैठकले विभिन्न पार्टीसँग एकता गर्ने निर्णय पनि गरेको छ।


प्रतिक्रिया