काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सिंगो हुनलाई पार्टी टुक्रा भएको भन्दै पार्टी गठन र पुनर्गठन हुनु सामान्य प्रक्रिया भएको बताएका छन् ।
शनिबार सुकेधारामा आयोजित आफू पक्षीय भेलामा पुगेका खनाले पत्रकारहरुसँग कुरा गर्दै उनले आन्दोलनलाई व्यापक एकतामा पुर्याउनको लागि आज छलफल गरिएको बताएका हुन् ।
उनले भने, ‘टुक्रा भएपछि सिङ्गो हुन्छ । त्यो सिङ्गो हुनलाई टुक्रा भएको हो । पुनर्गठन, गठन त प्रोसेस हो । आन्दोलनलाई व्यापक एकतामा पुर्याउनको लागि गरिएको आजको छलफल हो ।’
माओवादी केन्द्रसँग एकता गर्ने निर्णय पार्टीले गरेपछि खनाल असन्तुष्ट बनेका छन् ।

प्रतिक्रिया