पार्टी फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात होः गोकुल बास्कोटा


काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी फुटेपछि एकताको आवश्यकता याद गर्नु उचित नहुने बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत बास्कोटाले नेपालका वामपन्थी त्यही प्रवृत्तिबाट अभिशप्त भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो । तर नेपालका वामपन्थी त्यही प्रवृत्तिवाट अभिशप्त छन् । मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासगर जस्ता । कारण–गहिराईको चाप र नेतृत्वको राप । फुट भन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने।’

अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णयपछि शुक्रबार साँझ विज्ञप्ति जारी गरी पार्टी छाडेर गएका नेता कार्यकर्तालाई एमालेमा फर्किन आह्वान गरेका थिए ।