काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
उनले जाँचबुझ आयोगले छिटो काम सम्पन्न गरेर प्रतिवेदनका आधारमा अन्तरिम सरकारले आवश्यक कदम चाल्न उपयुक्त हुने बताए ।
भट्टराईले २३ गतेको घटनाबारे केही नगर्ने र २४ गतेको घटनामा संलग्नलाई मात्र छानेर पहिले नै कारबाही गर्दा जनआन्दोलन र न्यायका आधारभूत सिद्धान्त विपरीत बताएका छन् ।
उनले भनेका छन्, ‘भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले छिटो आफ्नो काम सम्पन्न गरेर सोही प्रतिवेदन अनुरूप अन्तरिम सरकारले आवश्यक कदम चाल्नु उपयुक्त हुनेछ । त्यस विपरीत २३ गतेको घटनाबारे केही नगर्ने र २४ गतेको घटनामा संलग्नलाई मात्र छानेर पहिले नै कारबाही गर्दा जनआन्दोलन र न्यायका आधारभूत सिद्धान्त विपरीत हुनजान्छ। साथै क्रिया र प्रतिक्रियाको अन्तरसम्बन्धवारे स्थापित प्राकृतिक नियम विपरीत पनि हुन्छ । जेनजी विद्रोहको बलमा बनेको अन्तरिम सरकारको विशेष ध्यान पुगोस्।’

प्रतिक्रिया