काठमाडौं । सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीचको वार्तामा जेनजी अभियन्ता मिराज ढुंगानाले सात बुँदे प्रस्ताव प्रस्तुत गरेका छन् ।
बुधबार भएको त्रिपक्षीय वार्तामा ढुंगानाले भ्रष्टाचार नियन्त्रण, राजनीतिक संरचना सुधार, नागरिक अधिकार सुनिश्चितता र हालैका आन्दोलनका घटनाबारे निष्पक्ष छानबिनको माग गरेका हुन् ।
उनले नागरिक स्तरको स्वतन्त्र भ्रष्टाचार अनुसन्धान निकाय गठन गर्नुपर्ने, देशमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने र विदेशस्थित नेपाली नागरिकलाई मतदान अधिकार दिलाउनुपर्ने माग गरेका छन् ।


प्रतिक्रिया