नेपाली डायस्पोराले मतदान गर्न पाउलान् ?


-सुरेश आचार्य ।

विदेशबाट समेत अनलाइनबाट मतदान गर्न सके होला । तर अर्को सार्वभौम देशमा नेपालको चुनावको जुनसुकै स्थानमा ballot box राख्ने कुरा असंभव हुन्छ । कुनै पनि सार्वभौम देशले त्यो स्वीकृति पनि दिँदैन । केवल नेपाली दूतावास परिसर भित्र चाहिँ राख्ने छुट हुन्छ, किनकी त्यहॉ नेपालको सार्वभौमिकता prevail  गर्छ । अहिलेका जेनजी जन्मिनु भन्दा अघि हामी जेन एक्स, जेनजी हुँदा २०३६ सालको जनमत संग्रह (referendum) मा नेपालका विदेशस्थित राजदूताबासमा राजाको सरकारले नेपाली नागरिकलाई मतदान गर्न ballot box राख्ने प्रबन्ध गरेको थियो । यसरी अर्काको देशमा हाम्रो चुनावको दबिियत दयह राख्ने हो भने नेपालमा पनि विदेशी मुलुकले पनि आफ्ना नागरिकका लागि मतदान गर्ने ballot box राख्न खोज्लान नै । अहिले पनि विभिन्न देशले आफ्नो काठमाडौस्थित दूतावासभित्र मतदान केन्द्र बनाउने गरेका छन् ।

नेपालले विदेशमा ballot box  राख्ने अनुमति पाए पनि, त्यो देशले पनि नेपालभित्र ballot box राख्न अनुमति मागे दिनु पर्ला नि । यदि नेपालमा ६० लाख भारतीय नागरिक छन् भन्ने दावीलाई मान्ने हो भने भारतले आफ्ना नेपालस्थित नागरिकलाई मतदान गर्नका लागि ballot box कम्तिमा ७५३ मध्ये आधा पालिकाहरूमा राख्ने अनुमति माग्नु मतदाता संख्याका दृष्टिले स्वभाविकै पनि होला । यस्तो हुदा त नेपाली भूमीमा भारतीय मिनी चूनाव नै हुन्छ होला कि? त्यही कुरा बहुसंख्यक नेपाली नागरिक बसोबास भएका भारत, यूएई, साउदी, कतार, अष्ट्रेलिया, अमेरिका र बेलायतको हकमा पनि लागू हुदैन ?

त्यसकारण शशरीर विदेशी भूमिमा विदेशी नागरिकलाई मतदान सुविधा दिने संरचना कार्यान्वयन हुन सक्ने वा विगतमा (दूतावासमा बाहेक) कार्यान्वयन भएको देखिँदैन । तसर्थ, अनलाइनबाट मतदान (virtual voting)) गर्नसम्म पाइएला कि ? त्यसका लागि पनि gateway  उपलव्ध हुनुपर्छ कि, यो चाहिँ मेरो दिमागले भ्याएन है ! तपाईहरूलाई छोडे !