काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा निर्वाचन गर्ने दिशामा सन्तोषजनक प्रगति भएको बताएकी छन् । शनिबार साँझ सामाजिक संजालमार्फत प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूसँग संवादको सुरुवात भएको बताएकी हुन् ।
उनले भनेकी छन्, ‘फागुन २१ मा निर्धारित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको छ । तयारी अझै द्रूततर गतिमा अघि बढाइँदै छ। सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौँ।’
उनले शनिबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलमा सबै सुरक्षा निकायका प्रमुखहरुले उच्च मनोबालका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी दिएको उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्, ‘सबै सुरक्षा प्रमुखहरुले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराउनुभएको छ । चुनावको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको छ । राजनीतिक दलहरूसँग संवादको सुरुवात भएको छ ।’

प्रतिक्रिया