काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरुसँग छलफल गर्दैछिन् । त्यसका लागि प्रधानमन्त्रीले उनीहरुलाई साढे दुई बजे सिंहदरबार बोलाएकी छन् ।
प्रधानमन्त्रीले कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरुसँग देशको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्नेछिन् । बैठकमा प्रधानमन्त्रीले नेपालको समसामयिक राजनीतिक अवस्थाका साथै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावलगायत विषयमा जानकारी गराउने बताइएको छ ।

प्रतिक्रिया