काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले केन्द्रीय समिति भंग गरी कार्यबाहक सभापति तोक्न पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।
शनिबार पदाधिकारी बैठकमा आफूले सभापतिलाई केन्द्रीय समिति भंग गरेर कार्यबाहक सभापति तोक्न देउवालाई सुझाव दिएको उनले जानकारी दिए ।
कोइरालाले भने, ‘अब विशेष र नियमित महाधिवेशन भनेर अल्झिरहनु हुँदैन । नियमित महाधिवेशन गर्नैपर्छ । यसैले शेरबहादुरजीलाई केन्द्रीय समिति विघटन गर्नुस्, एक जनालाई कार्यवाहक सभापति दिनुस् भनेको छु ।’ यसो गरियो भने मंसिरभित्र महाधिवेशन गर्न सकिन्छ ।’
उनले अहिलेको समस्या समाधान गर्नको चुनावको विकल्प नभएकाले त्यसलाई नकार्न नसकिने बताए । आइतबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको एजेन्डा तय गर्न केही दिनदेखि कांग्रेसको पदाधिकारी बैठक निरन्तर बसिरहेको छ ।

प्रतिक्रिया