काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले मंसिरभित्र नियमित महाधिवेशन गर्नको लागि पाँच बुँदे प्रस्ताव अघि सारेका छन ।
शनिबार सामाजिक संजालमार्फत पोखरेलले नेपाली काग्रेसको मंसिर मसान्त सम्म नियमित महाधिवेशन गर्न सकिने बताएका हुन् । उनले महाधिवेशनले वडादेखि केन्द्रसम्म जेनजी युवालाई समेत पार्टीमा प्रतिस्पर्धाका आधारमा सबै तहमा समावेश हुने मौका दिने उल्लेख गरेका छन् ।
उनले केन्द्रीय सभापति मात्र नभई सबैतहका नेतृत्वमा नयाँ मान्छेहरूलाई मौका मिल्ने बताएका छन् । पोखरेलले समयको मागलाई यो वा त्यो बहानामा टार्न नमिल्ने उल्लेख गरेका छन् ।
यस्ता छन् पोखरेलका पाँच बुदे प्रस्ताव
१. क्रियाशील सदस्यको प्रक्रिया चाँडो टुङ्ग्याउन अहिलेको क्रियाशील सदस्यबारे गठन गरेको समितिमा थप १५ जना राखौँ र सबैलाई प्रदेश अनुसार जिम्मा दिऔँ।
२. भोलि २६ गते हुने केसले १४ का सबै क्रियाशीलको नवीकरण भएको निर्णय गराऔँ र क्युआर कोर्ड बनाएर एक हप्ता भित्र तोकेको दस्तुर तिर्न जतिको नवीकरण भयो भनौँ।
३. कार्तिक १०–२० सम्म प्रत्येक वार्डमा कम्तीमा १०० जना पुग्ने गरी वा धेरै भएका ठाउँमा २० प्रतिशत नयाँ थप्ने गरी अनलाइन दर्ता गर्न भनौँ। १२–१५ कार्तिकमा हरेक वार्डमा नयाँ क्रियाशील अभियान र पुराना छुट नवीकरण गर्न भनौँ।
४. कार्तिक २० मसान्त सम्म सबै क्रियाशीलको विवाद जिल्ला प्रदेश र केन्द्रको समितिले समन्वय गरी निर्णय गरौँ र टुंग्याऔ।
५. १३ औँ मा जस्तै मंसिर ३ बाट वार्डमा सुरु गरेर २० गते सम्म सबै जिल्ला टुंग्याऔ। मंसिर २५ मा उद्घाटन र २७ मा प्रदेश र केन्द्रको एकै दिन निर्वाचन गराऔँ। सबै महाधिवेशन प्रतिनिधिलाई काठमाडौँ नओसारी प्रदेशको केन्द्रमा मत खसाल्ने वातावरण बनाऔँ।

प्रतिक्रिया