काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नियमित महाधिवेशनको प्रस्ताव राखेका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशनको प्रस्ताव राखेका हुन् ।
बैठकबाट बाहिरिएका नेता डा. शशांक कोइरालाले महामन्त्री थापाले नियमित महाधिवेशनको प्रस्ताव राखेको जानकारी दिए । कोइरालाले नियमित महाधिवेशनको प्रस्ताव आएकाले विशेष महाधिवशेनको विषय सकिएको बताए ।
कांग्रेस महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन् । पदाधिकारी बैठकमा असोज २६ गतेदेखि सुरू हुने केन्द्रीय समिति बैठकको कार्यसूचीबारे छलफल भइरहेको छ । आजको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने उपस्थित छैनन् ।

प्रतिक्रिया