भक्तपुर । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमालेसँग नजिस्किन सरकारलाई चेतावनी दिएका छन् ।
बिहीवार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छोए देशभर आगो बल्ने चेतावनी दिए ।
एमाले अध्यक्ष ओली, गृहमन्त्री रमेश लेखक र आफूलाई पक्राउ गर्न सरकारले योजना बनाएको भन्दै बस्नेतले एमालेसँग नजिस्किन चेतावनी दिए । उनले भने, ‘केपी ओली पञ्चायतसँग र राजासँग लडेको आएको हो । अहिलेका नौटंकीले च्यालेन्ज गरेका छन् । केपी ओलीलाई छोए देशभर आगो बल्ने छ ।’
उनले असोज २३ गते गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको भए प्रमाण ल्याउन चुनौती दिए । उनले विदेशी सुटर ल्याएर बालबालिकाको हत्या गरिएको दाबी गरे ।
उनले भने, ‘कुनै कानुनले प्रधानमन्त्रीले आदेश दिन्छ ? दिँदैन । आदेश कसले दिएको हो ? हाम्रो अध्यक्षले आदेश दिएको भए प्रमाण ल्याउनुस् । हामी छलफल गर्न तयार छौँ ।’
उनले असोज २५ गते काठमाडौंमा युवा संघले प्रदर्शन गरेर एमालेको शक्ति देखाउने बताए । उलने अहिलेको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने भए कुलमान घिसिङबाट छानबिन शुरू गर्न चुनौती दिए ।

प्रतिक्रिया