विघटित प्रतिनिधिसभा इतिहासकै नालायक थियो !


काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्रले विघटित प्रतिनिधिसभा इतिहासकै नालायक भएको बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत मिश्रले प्रतिनिधिसभाले आफ्नो तीन वर्षे कालमा गर्नपर्ने, गर्न नसकेको मात्र होइन लाजको पसारो हुने गरी दुनिया हँसाउने मात्र काम गरेको बताएका हुन् ।

यस्तो छ मिश्रको भनाई

मैले पढेको, सुनेको र बुझेको मध्ये इतिहासको सबैभन्दा नालायक थियो विघटित प्रतिनिधिसभा । आफ्नो तीन वर्षे कालमा गर्नपर्ने, गर्न नसकेको मात्र होइन लाजको पसारो हुने गरी दुनियाँ हँसाउने मात्र काम गर्न सक्यो ।

१ ) निजामती कर्मचारी विधेयक । ल्याउन त सकेन सकेन, कुलिङ पिरियडको खिचडा खेलले संसद पदको गरिमा र संसदीय अभ्यासको खिल्ली उडायो ।

२) विद्यालय शिक्षा विधेयक , …… को के खेल जस्तो

३) नेपाल प्रहरी विधेयक असफल

४) सशस्त्र प्रहरी विधेयक असफल

५) यसको अर्को मुख्य काम कार्यपालिका माथिको नियन्त्रण र सन्तुलनको शून्य भूमिका ( कार्यपालिकाको रबर छाप मात्र )

६) ठूला ठूला भ्रष्टाचारका काण्डमा अनदेखा, देशमा व्याप्त भ्रष्टाचार र कुसाशनमा नियन्त्रणको सट्टा प्रोत्साहन, संसद आफैं सेटिङमा व्यस्त

७) लाजलाग्दो असन्तुलित बजेट निर्माण

८) बजेट निर्माण जस्तो गम्भीर विषयमा बिचौलियाको प्रवेश /भूमिका, त्यसलाई संसद्को अनुमोदन

९) कैयौ ‘माननीयज्यू ’ हरु भ्रष्टाचार, अनियमितता, घुसखोरी जस्ता काण्डमा कोही जेलमा, कोही अदालतको तारेखमा, कोही अख्तियारको बयानमा, कयौं नैतिकताको प्रश्नमा ।

१०) बारबार सरकार र समीकरण बदल्ने बाहेक राम्रो त यो प्रतिनिधिसभाले गरेन नै, लाज लजाउने कामहरू धेरै गर्यो ।

११) देश बचाउन सकेन, संविधान जोगाउन सकेन, राज्यविहीन अवस्था ( व्यवस्थापिका/कार्यपालिका/न्यायपालिका विहिन ) को अवस्थामा नेपालीलाई यही संसदले पुर्यायो ।

१२) प्रतिनिधिसभा संविधानलाई कुल्चेर विघटन भएको २५ दिनसम्म सभामुख बाहेक कोही बोल्न सकेन, सडकमा आउने त कुरै थिएन, किनकि त्यो लोकप्रिय नारा थिएन/छैन ।

१३) आफैंलाई बचाउन नसकेको प्रतिनिधि सभाले देशको बर्बादीको लागि गरेको कामको लामै सूची होला, राम्रा कामको एउटा पनि बीउ भेटिन मैले र म व्यक्तिगत रूपमा यही असक्षम, नालायक र राष्ट्रलाई बर्बादीको अवस्थामा पुर्याउन भूमिका खेल्ने प्रतिनिधिसभा व्यताउनु पर्छ भन्ने पक्षमा छैन ।