काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले विशेष अधिवेशनको माग गरेकी छिन् । सामाजिक सञ्जालमार्फत कार्कीले आफूसँग सभापति रवि लामिछानेको आशिर्वाद लिएर लाखौं कार्यकर्ता तथा शुभेच्छुकको मत लिएर दिइएको जिम्मेवारी सम्हाल्ने आँट समेत रहेको बताएकी हुन् ।
उनले भनेकी छन्, ‘हिम्मत भए संस्थापनले खुल्ला विशेष अधिवेशन गरोस्, पार्टी सभापतिको आशिर्वाद लिएर–लाखौं कार्यकर्ता तथा शुभेच्छुकको मत लिएर दिइएको जिम्मेवारी सम्हाल्ने आँट छ तोसिमासँग।‘
यस्तो छ तोसिमाको भनाई
खबरदार ! पार्टीलाई थप सुदृढ बनाऔँ, सफल बनाऔँ, समय सापेक्षिक रुपान्तरण गरौँ भनि जिम्मेवारपूर्ण तरिकाले राजनीतिक विषय उठान गर्दा Get Out भनेर Bully गर्ने र गर्न लाउने अनि त्यो सब टुलुटुलु हेरेर बस्ने महाशयहरुको सार्वजनिक भण्डाफोर गर्नु नपरोस् । कहिले राजीनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले पार्टी बनाउने उद्देश्यका साथ पेश गरिएको पत्रको ४ बुँदा राम्रो सँग अध्ययन समेत नगरी पार्टी सभापतिको विकल्प खोज्यो भनेर विषय अतिरन्जित गर्ने, विकल्प खोज्नेलाई छाड्नहुन्न, पार्टीबाट निकाल्नुपर्छ आदि भनेर media trial गरेर पार्टी पङ्तिमा भ्रम छर्न खोज्ने ?
हिम्मत भए संस्थापनले खुल्ला विशेष अधिवेशन गरोस्, पार्टी सभापतिको आशिर्वाद लिएर – लाखौं कार्यकर्ता तथा शुभेच्छुकको मत लिएर दिईएको जिम्मेवारी सम्हाल्ने आँट छ तोसिमा सँग। यही आन्दोलनमै पनि प्रहरीको गोलीबीच हिँडेको मान्छे हो । तिमीहरुको प्रोपागाण्डा र हेपाहा बोलीसँग रत्तिभर डराउँदैन । तिमीहरुले जति नै Bully र Media Trial गरेपनि राजनीतिक मैदान, मेरा ललितपुरका प्रिय मतदाता र प्यारो पार्टी पङ्ति छोडेर पनि भाग्दैन । देश बनाउन हिँडेको योद्धा हो। लड्छु । जय घण्टी । जय देश।

प्रतिक्रिया