जेनजी आन्दोलनको समीक्षा गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी असोज २६ गते आइतबार दिउँसो एक बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलायएको जानकारी दिएका हुन् ।

उनले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।