राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल खुल्छन्ः गृहमन्त्री अर्याल


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको म्यान्डेट नै सुशासन भएको बताएका छन् ।

शुक्रबार नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले उच्च राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै प्रकारका फाइलहरू खोलेर कारबाही अघि बढाउने बताएका हुन् ।

उनले भने, ‘सबै फाइलको ब्रेक थ्रु हुन्छ। कतिपय ठाउँबाट राजनीतिक कनेक्सनका आधारमा जे कुरा रोकिएका थिए, त्यो हुँदैन अब ।’

राजनीतिक कनेक्सनका आधारमा सुशासनमा आएको अवरोध हटाउनसमेत निर्देशन दिइसकिएको उनले बताए ।