देशबाहिर रहेका नेपालीलाई विदेशबाट मतदान गर्नसक्ने सम्भावनाको बारेमा छलफल भइरहेको छः प्रधानमन्त्री कार्की


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दमन गर्नेमाथि कडा कारबाही गर्ने प्रतिवद्धता जनाएकी छन् ।

बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा दमन गर्नेमाथि सरकार कानुनी कारबाही गर्न प्रतिवद्ध रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवा युवतीहरुले अनाहकमा ज्यान गुमाउनु परेकोमा यो सरकार सम्वद्ध दोषीउपर कानुनी कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।’ त्यस्तै उनले उत्साहका साथ निर्वाचनमा भाग लिन सबैसँग अनुरोध गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले रोजगारीको सिलसिलामा देशबाहिर रहेका नेपालीलाई विदेशबाट समेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा छलफल भइरहेको बताइन् ।

उनले भनिन्, ‘रोजगारीको सिलसिलामा देशबाहिर रहनुभएका नेपाली नागरिकलाई विदेशसमेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ ।’