काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टी महाधिवेशनको मिति घोषणासँगै प्रचण्डसहित लामो समयदेखि एउटै पदमा रहँदै आएका सबै पदाधिकारीले एकसाथ राजीनामा दिनुपर्ने माग गरेका छन् ।
बिहीबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा उपमहासचिव शर्माले अध्यक्ष तथा सबै पदाधिकारीले एक निर्देशक कमिटीका रूपमा काम गर्नुपर्ने बताएका हुन् । उनले दशकौँसम्म निश्चित व्यक्तिको हातमा नेतृत्व रहिराख्ने कुराले उत्पन्न गरेको संकट अर्थात् नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र पुनर्गठन गर्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्,’जेनजी विद्रोहबाट अझ मुखरित भएर उठेको पहिलो विषय भ्रष्टाचार, कमिसनतन्त्र, दलतन्त्र, नेतातन्त्र, दलालीतन्त्र र परिवारकै कारणले देश अघि बढ्न नसकेको भन्ने एउटा निष्कर्ष हो भने दोस्रो विषय राजनीति दशकौँसम्म निश्चित व्यक्तिको हातमा रहिराख्ने कुराले उत्पन्न गरेको संकट अर्थात् नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र पुनर्गठनको कुरा हो ।’
शर्माले अहिले देखिएको जेनजी विद्रोह पार्टीले जनयुद्धको बाटो भुलेकाले हुन पुगेको जिकिर गरेका छन् । उनले भनेका छन्, ‘अहिलेको विद्रोहको कारणका रुपमा माओवादी मुख्य हो । कांग्रेस र एमाले पहिला नै भ्रष्टचारी भयो भनेर जनयुद्ध थालेका थियौँ । हामीले त्यति ठूलो बलिदा गर्यौँ तर माओवादी पनि कांग्रेस–एमाले जस्तै बिग्रिने बाटो लागेको देखेर जनता निराश भए । त्यही निराशा बढेर आक्रोशमा परिणत हुँदा जेन–जी विद्रोह भयो ।’
यस्तो छ उपमहासचिव शर्माको प्रस्ताव











प्रतिक्रिया